Comments Add Comment

भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’ का नौ हजार संक्रमित

९ जेठ, काठमाडौं । भारतमा आँखा बिगार्ने ‘कालो ढुसी’बाट संक्रमित भएका करिब ९ हजार मानिसहरु भेटिएका छन् । सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमणलाई म्यूकर माइकोसिस भनिन्छ । निकै जोखिमपूर्ण मानिएको यो संक्रमणबाट हुने मृत्युदर ५० प्रतिशत छ । केही मानिसहरुलाई मात्र आँखा हटाएर बचाइएको छ ।

यद्यपि पछिल्लो केही महिनायता भारतमा म्यूकर माइकोसिसका धेरैजसो संक्रमित यसअघि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका मानिसहरु छन् । डाक्टरहरु कोरोना का संक्रमितको उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिको कारण यस किसिमको समस्या आएको हुन सक्ने बताउँछन् । यसबाट विशेषगरी मधुमेहका बिरामी जोखिममा रहने विशेषज्ञहरुको भनाइ छ । डाक्टरहरुअनुसार कोरोनाको संक्रमणबाट मुक्ता भएको १२ देखि १८ दिनपछि यस्तो समस्या देखिने पाइएको छ ।

म्यूकर माइकोसिसका संक्रमितहरुमध्ये आधाभन्दा धेरै महाराष्ट्र र गुजरातमा फेला परेका छन् । भारतका कम्तीमा १५ अन्य राज्यमा आठदेखि ९०० संक्रमित फेला परेका छन् । भारतमा निरन्तर कोरोनाका संक्रमितको संख्या बढेसँगै सबै राज्यसँग यो रोगलाई इपिडेमिक अर्थात् संक्रामक रोगको रुपमा घोषणा गर्न माग गरिएको छ । भारतको इन्दौरस्थित यसवन्तराव अस्पतालमा एक साताअघि म्यूकर माइकोसिसका आठजना संक्रमित थिए तर अहिले यो संख्या १८५ पुगिसकेको छ । अस्पतालका औषधि विभागका प्रमुख भीपी पाण्डेका अनुसार ८० प्रतिशत संक्रमितको तत्काल अपरेसन गर्नुपर्ने देखिएको छ । उनले भने, ‘यस किसिमले संक्रमित बढ्नु अपेक्षाभन्दा बाहिरको कुरा हो । यसअघि वर्षमा एक वा दुई म्यूकर माइकोसिसका संक्रमित देखिन्थे ।’ म्यूकर माइकोसिसबाट संक्रमित हुनेले समयमा नै उपचार पाउन नसकेको अवस्थामा मृत्युदर निकै उच्च हुन सक्ने पाण्डेले बताए ।

यो पनि पढ्नुहोस नेपालका केही संक्रमितमा भेटियो आँखा बिगार्ने ‘कालो ढुसी’

भारतका चार डाक्टरहरुले कोरोना संक्रमित भइसकेका र म्यूकर माइकोसिसको समस्या देखिएका एक सय मानिसमा गरेको एक अध्ययनमा उनीहरुमध्ये ७९ जना पुरुष थिए भने ८३ जनालाई मधुमेहलगायतका अन्य समस्या पनि थिए । विशेषगरी मधुमेह भएका र कोरोनाबाट संक्रमित भइसकेका मानिसमा यस किसिमको समस्या देखिएको डाक्टरहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment