+
+

महान्यायाधिवक्ताको प्रश्न : संविधानमा भएको व्यवस्था अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते २०:०५

१० जेठ, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संविधानमा भएको व्यवस्था जस्ताको तस्तै अध्यादेशमा आउँदा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरेका छन् ।

सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन गरेका महान्यायाधिवक्ता वडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताए ।

तर केही पूर्व सांसदले समेत राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर विरोध गरेको भन्दै बडालले प्रश्न गरे, संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’

उनले अघि, ‘संविधानमा जसले नागरिकता पाउँछ भनिएको छ, अदालतले त्यो व्यक्तिलाई नागरिकता दे भनेको छ । त्यही व्यवस्था अध्यादेशबाट ल्याउँदा संविाधनको कार्यान्वयन गरिएको हो । यसभन्दा बाहेक एक अक्षर तलमाथि गरिएको छैन ।’

नेपालमा जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको संख्या १ लाख ९० हजार ७२६ जना रहेको र उनीहरुको सन्तानले अहिलेसम्म नागरिकता पाउन नसकेको बडालले बताए ।

वैवाहिक अंगीकृतको विषयमा संसदमा भएको विधेयकमा विवाद भएकाले अहिले अध्यादेशमा त्यो विषय समावेश नगरेको उनले बताए । ‘यो संविधानमा भएको व्यवस्था भन्दा दायाँबायाँ गएको छैन, अदालतको आदेशभन्दा दायाँबाया गएको छैन’ बडालले भने ।

नागरिकताका विषयमा सर्वोच्च अदालतले धेरै आदेश गरिसकेको र कार्यान्वयन नहुँदा अवहेलनाको मुद्दा पर्न सक्ने भएकाले आफूहरुले नागरिकतासम्बन्धी कानुन बनाउन पहल गर्दै आएको बडालले बताए ।

‘सम्मानित सर्वोच्च अदालतले थुप्रैवटा मुद्दामा आदेश गरिसकेको र त्यो आदेशको कार्यान्वयन नहुँदाखेरिको बखत अपहेलनाको मुद्दाहरु आउनसक्ने र थुप्रै नेपाली नागरिक अदालतमा गइसकेपछि चाहिँ नागरिकता पाउने, अदालत नगएसम्म नागरिकता नपाउने स्थितिलाई अन्त्य गर्नका लागि हामीले इनिसियट गरेका हौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?