+
+
Shares

अहंकारी प्रधानमन्त्रीका कारण पटक-पटक न्यायालय आउनुपर्‍यो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १५:०५

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताएका छन् ।

सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्रांगणमा पत्रकारसँग कुरा गर्दै नेता थापाले यस्तो संविधानविरोधी र गैरजिम्मेवारी प्रधानमन्त्री पाउनुपर्ला भन्ने कुरा संविधान लेख्ने बेला कल्पना नभएको बताए ।

‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन’ उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुपर्‍यो ।’

संसदको अंकगणितका कारण धारा ७६(५) बाट बाहेक वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा र गत वर्ष संसद विघटनको मुद्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने विश्वास व्यक्त गरे ।

‘सर्वोच्चले हाम्रो संवैधानिक हकमा दायाँबायाँ केही गर्दैन भन्ने विश्वास छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?