+
+
Shares

उत्तर प्रदेश सरकारले नेपाललाई अक्सिजन बोक्‍ने दुई वटा टयांकर दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १५:५६

१० जेठ, काठमाडौं । तरल अक्सिजन ल्याउनेका लागि भारतले नेपाललाई दुई टयांकर दिने भएको छ ।

भारतबाट तरल अक्सिजनको सहज आपूर्तिको लागि क्रायोजेनिक एवं अन्य अक्सिजन ट्यांकरहरु उपलब्ध गराउन नेपालले भारतलाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयका अनुसार उत्तर प्रदेश सरकारले डी एण्ड टी ट्रेडर्सबाट दुई ट्यांकर आउने टुंगो लागेको छ ।

भारतले नेपाललाई आवश्यक पर्ने तर अक्सिजन उपलब्ध गराउन थालेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै भारतले आपूर्ती रोकेको थियो र नेपालले सुचारु गर्न पटक पटक आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?