
१० जेठ, काठमाडौं । नेपालले चीनको चेङदुमा कन्सुलेट जनरल कार्यालय सोमबारबाट सञ्चालनमा ल्याएको छ । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको सिचुवान प्रान्तका उच्च अधिकारीहरुले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै राजदूत पाण्डेले लामो समयदेखि नेपाल र चीनको बीचमा पारस्परिक विश्वास र समझदारी रहेको बताए । उनले कन्सुलेट कार्यालय स्थापनापछि सबै क्षेत्रमा आदानप्रदान बढ्ने र सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे ।
सिचुवान प्रान्तका भाइस गर्भनर लि युन्जीले कन्सुलेट कार्यालय स्थापनाले व्यापार, पर्यटन, वाणिज्य र जनता–जनता बीचको सम्बन्ध बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4