
१० वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका तीन जना र सल्यानका एक जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशभर सोमबार ५२६ जनाको पीसीआर परीक्षण गर्दा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा २२८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने ४२५ जना आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4