Comments Add Comment

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

११ जेठ, काठमाडौं । नेपाल र गाम्बियाबीच सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सोको जानकारी संयुक्त राष्ट्रसंघलाई पनि गराइएको छ ।

अफ्रिकी मुलुक गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएको थियो । गाम्बिया र नेपाल असंलग्न आन्दोलनका सदस्य हुन् ।

योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ । पछिल्लो केही वर्षयता नेपालले विभिन्न मुलुकसँग धमाधम कूटनीतिक सम्बन्ध स्थापना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment