+
+
Shares

सेयर बजारमा ६ अंकको ‘करेक्शन’, कारोबार रकम ११ अर्ब माथि

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १५:३२

११ जेठ, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने करेक्शन देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको छ ।

‘क’ वर्गक कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ । सोमबार १३ अर्ब नाघेर इतिहास रचेको कारोबार रकम मंगलबार भने केहि कम देखियो ।

मंगलबार १ लाख १२ हजार १४८ वटा कारोबार हुँदा २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?