Comments Add Comment

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको बैंकका कर्मचारी बिते, तोकियो डेढ करोड क्षतिपूर्ति

११ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको ग्लोबल आईएमई बैंकले मृतक कर्मचारीको परिवारलाई क्षतिपूर्ति रकम तिर्नुपर्ने भएको छ ।

योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मगदावीका आधारमा  बैंकले डेढ करोड क्षतिपूर्ति तिर्नुपर्ने भएको हो ।

सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार २०७७ फागुनमा ग्लोबल आईएमई बैंकमा कार्यरत अनन्तकुमार आचार्यको दुर्घटनामा परी निधन भएको थियो ।

उनको मृत्युपछि परिवारले  अनन्तको नियुक्तिपत्रसहित क्षतिपूर्ति माग्दै समाजिक सुरक्षा कोषमा उजुरी दर्ता गराएको थियो ।

अचार्यकी श्रीमति भावना पाठकले ‘आश्रित परिवार सुविधा योजना’ अनुसार क्षतिपूर्ति माग्दै कोषमा निवेदन दर्ता गराएकी थिइन् । त्यसको अध्ययन गरेर कोषले सो परिवारलाई ऐनअनुसार १ करोड ५१ लाख १९ हजार ५८६ रुपैयाँ क्षतिपूर्ति भराउन भन्दै बैंकलाई पत्र काटेको सहप्रवक्ता रेग्मीले बताए । शाखा प्रवन्धक रहेका आचार्यले मासिक तलबका आधारमा यस्तो क्षतिपूर्ति तय भएको हो ।

कोषले ७१ वर्षलाई औसत आयु मानेर मृतककी श्रीमती र उनका दुई सन्तानले कोषबाट लिनसक्ने क्षतिपूर्ति हिसाव गरेर बैंकलाई पत्र काटेको हो । आचार्यकी श्रीमति २६ वर्षकी मात्र भएकी छिन्, उनीहरूको २ र ५ वर्षका दुई सन्तान समेत छन् ।

श्रमिकको मृत्यु भएका उसको बालबच्चा २१ वर्षको भइन्जेलसम्मको शैक्षिक खर्च समेत कोषले ब्यहोर्ने प्रावधान रहेकाले पनि बैंकलाई ठूलो क्षतिपूर्ति रकम तिर्नुपर्ने भएको हो ।

मृतकको मासिक तलवको ६० प्रतिशतले हुने एकमुष्ट रकमलाई आश्रति परिवारले मासिक पाउने पेन्सनको आधारमा यस्तो हिसाव निकालिएको हो ।

तीन महिनाभित्र सो रकम दिलाएर बैंकले कोषलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । यदि निर्देशन नमानेमा बैंकको खाता रोक्का गर्दै बैंकको सम्पत्तिबाटै सो क्षतिपूर्ति भराउन सक्ने अधिकार कोषसँग छ ।

यसअघि समाजिक सुरक्षा कोषले सनराइज बैंकबाट पनि यस्तै क्षतिपूर्ति भराउने निर्णय गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment