Comments Add Comment

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट शुरु भएको हो ।

बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित छिन् ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल हुनेछ । माधव नेपाल पक्ष सहभागी नभएको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

यस विषयमा एमालेभित्र विवाद छ । एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा देखिन्छन् । यद्यपि नेपाल पक्षभित्रै मतभेद भएकाले मंगलबार बोलाइएको संसदीय दलको बैठक कोरम नपुगेर स्थगित गरिएको थियो ।

यो पनि पढ्नुहोस सुदूरपश्चिम : एमाले संसदीय दलमा कोरम नै पुगेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment