
१२ वैशाख, सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार गराइरहेका एक महिला र पुरुषको मंगलबार राती मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार रुपनी गाउँपालिका वडा नम्बर २ की ५५ बर्षीया महिला र सुरुंगा नगरपालिका ९ का ७५ बर्षीय पुरुषको एचडियू बेडमा उपचार भइरहेको समयमा मृत्यु हो ।
कोरोना संक्रमित महिला गत जेठ ६ गतेदेखि र पुरुष ८ गतेदेखि अस्पतारमा उपचार गराइरहेका थिए ।
योसँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमितबाटै ५८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4