Comments Add Comment

पर्सा प्रशासनले भन्यो : नागरिकता वितरण भएको हल्ला निराधार

१२ जेठ, वीरगञ्ज । निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण नभएको बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

‘नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न बैशाख १६ गते देखि नै पर्सा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ । निषेध आदेश हालसम्म जारी छ ।

निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रण संग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ ।’ सहायक प्रजिअ पौडेलले विज्ञप्तीमा लेखेका छन् ।

निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाईएको भिडियो फुटेज पुरानो रहेको प्रशासनले विज्ञप्तीमा मार्फत स्पष्ट पारेको छ ।

‘सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, सत्य र कपोल कल्पित छ । प्रशासनको प्रयास कोभिड–१९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा केन्द्रित छ ।’ विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment