Comments Add Comment

रियलमड्रिड, बार्सिलोना र युभेन्ट्सलाई युईएफएले थाल्यो कारवाही

१२ जेठ, काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले स्पेनिस क्लबद्वय रियल मड्रिड र बार्सिलोना अनि इटालियन क्लब युभेन्ट्सलाई कारवाही गर्ने भएको छ ।

सुपर लिग प्रोजेक्टमा सहभागी भएको भन्दै युइएफएले युरोपको तीन ठूला क्लबमाथि कारवाहीको प्रक्रिया अघि बढाएको हो ।

केही समयअघि यी तीन क्लबसँगै युरोपका १२ क्लबले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए । तर त्यसको सबैतिरको आलोचना र विरोध भयो भने फिफा र युइएफएबाट चेतावनी आएपछि ९ क्लबले संस्थापक सदस्यबाट नाम फिर्ता लिएका थिए ।

स्पेनका दुई क्लब र युभेन्ट्सले भने अझै पनि सुपर लिग आयोजकबाट नाम फिर्ता लिएका छैनन् । युइएफएले मंगलबार विज्ञप्ति जारी गर्दै तीन क्लबविरुद्ध कारबाही अगाडि बढाउने पुष्टि गरेको हो । कस्तो कारवाही गर्ने भन्नेबारे युइएफएले केही खुलाएको छैन ।

युरोपियन सुपर लिग संस्थापकबाट प्रिमियर लिग क्लब चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनहम हटस्पर, स्पानिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान गरी ९ क्लबले नाम फिर्ता लिएका थिए ।

तीन क्लबको कारवाही प्रकिया एक महिना चल्न सक्ने बताइएको छ । यदि ठूलो कारवाही भएमा यी क्लबले अर्को सिजनको च्याम्पियन्स लिग वा दुई सिजनको घरेलु लिगबाट बाहिर रहने र ठूलो मात्रामा जरिवाना लाग्ने सम्भावना स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment