Comments Add Comment

भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं विस्थापित

१२ जेठ, काठमाडौं । भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।

यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चक्रावातपछिको भारी वर्षा र हावाहुरीका कारण माटोका २० हजारभन्दा धेरै घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको बताएकी छन् । भारत सरकारले यी दुई राज्यमा देखिनसक्ने संकटलाई ध्यानमा राख्दै यसअघि नै ठूलो संख्यामा सेना परिचालन गरेको थियो ।

अहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि आपतकालीन शिविरमा मास्क वितरण तथा भौतिक दूरी कायम गराउन कठिन हुने र यसले कोरोना संक्रमण फैलाउन सहयोग गर्ने भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गत साता भारतमा ताउ ते चक्रवातको असर पश्चिमी राज्यहरुमा देखिएको थियो । उक्त चक्रवातपछि भएको भारी वर्षा र हावाहुरीको कारण कम्तीमा १५५ जनाको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment