+
+
Shares

नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियत : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १२ गते १९:५४

१२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद विघटन गरेर नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियत भएको बताएको छ ।

अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी संसद विघटन गरेको दुई दिनमै विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा जारी गर्नु सरकारको बदनियत भएको बताएका हुन् ।

‘अहिले अध्यादेश जारी गर्दा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकका सम्वन्धमा पेश गरेको महत्वपूर्ण संशोधन र सुझावलाई उपेक्षा गर्नुले पनि सरकारको बदनियत प्रमाणित हुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हित विपरीत प्रावधान राखेर अध्यादेश जारी गरिएको भन्दै राप्रपाले त्यसमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।

‘तराई मधेस लगायत देशको विभिन्न भागहरूमा रहेको नागरिकता सम्बन्धL समस्याको राष्ट्रिय हित अनुकूल सर्वपक्षीय सहमतिको आधारमा समाधान खोज्न समेत राप्रपा आह्वान गर्दछ’ अध्यक्षत्रयले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?