Comments Add Comment

युरोकपको लागि नेदरल्याण्डको अन्तिम टोली घोषणा

१३ जेठ, काठमाडौं । आगामी जुनदेखि सुरु हुने युरोकप २०२० का लागि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोकपका लागि अन्तिम टोली घोषणा गरिएको हो ।

जसमा जुरिन टिम्बर र कोडी गाक्पोले पहिलो पटक टिममा स्थान बनाउँदा स्टेभेन बर्जविन लगायत ८ खेलाडी भने टिममा अटाउन सकेनन् ।

यसअघि नै नियमित कप्तान भर्जिल भान डाइकले चोटका कारण युरोकप नखेल्ने घोषणा गरिसकेका छन् । अब नेदरल्याण्ड्सको कप्तानी जर्जिनिओ विज्नाल्डमले गर्ने सम्भावना छ ।

सन् २०१६ मा फ्रान्समा भएको युरोकपमा छनोट हुन नसकेको नेदरल्याण्ड्सले युरोकपमा पुनरागमन गर्दैछ । डच टोलीले समूह चरणमा युक्रेन, अष्ट्रिय र नर्थ मेसेडोनियासंग खेल्नेछ ।

युरोकपको १६औं संस्करणको युरोपका विभिन्न ११ देशमा यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

२६ सदस्यीय डच टोली

गोलकिपर : ज्यास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलनवर्ग

डिफेण्डर : डाले ब्लाइन्ड, स्टेफान डे भ्रिज, जोएल भेल्टम्यान, माथिस डे लिट, नाथन एके, डेन्जेल डुमफाएर, प्याट्रिक भान अनहोल्ट, ओवेन विन्डल, जुरिन टिम्बर

मिडफिल्डर : जर्जिनिओ विज्नाल्डम, फ्रेन्की डे जोङ, डेभ् क्लासेन, मार्टेन डे रुन, डोनी भान डे बिक, राएन ग्राभेनबर्च, टिउन कुपमेइनर्स

फरवार्ड : मेम्फिस डिपाए, क्विन्सी प्रोम्स, लुक डे जोङ, स्टेभेन बर्गुइस, डोनयेल मालेन, वउट वेघोस्र्ट, कोडी गाक्पो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment