+
+

कोरोना संक्रमणबाट जर्नेल दिनेश केसीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १०:२१

१३ जेठ, काठमाडौं । कोरोना संक्रमित १३ नं बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको निधन भएको छ । एक साता अघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान ज्यान गएको नेपाली सेनाले जनाएको छ ।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै दु:ख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?