+
+
Shares

सिन्धुपाल्चोकलाई १२ लाख आरएमबीको स्वास्थ्य सामग्री सहयोग गर्ने चिनियाँ अधिकारीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १९:३२

१३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकसँग सिमाना जोडिएको चीनको न्यालमका अधिकारीले १२ लाख आरएमबी (नेपाली २ करोड १८ लाख) बराबरको सहयोग घोषणा गरेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसहितसँग भएको भर्चुअल संयुक्त बैठकपछि ‘चिफ अफ न्यालम’ फेई लुईले सहयोग घोषणा गरेका हुन् ।

सीडीओ पोखरेलका अनुसार लुईले तत्काल दुई लाख आरएमबीको स्वास्थ्य सामग्री पठाउने र १० लाख बराबरको चाहिँ केही समयपछि पठाउने भनेका छन् । ‘केही समयदेखि काउन्टर पार्टसँग समन्वय भइरहेको थियो, उहाँहरुले माथि कुरा गर्नुभएछ र बिहीबारको बैठकमा सहयोग घोषणा गर्नुभयो’, उनले अनलाइनखबरसँग भने ।

सहयोग सामग्रीमा महामारी नियन्त्रणका लागि चाहिने अतिआवश्यक सामग्रीहरु हुनेछन्, सिन्धुपाल्चोकमा हाल एउटा पनि भेन्टिलेटर छैन ।

बैठकमा तातोपानी नाकाबाट आउने स्वास्थ्य सामग्रीका गाडीलाई प्राथमिकता दिएर सहजिकरण गरिदिने विषयमा पनि कुराकानी भएको छ । ‘हाल ८ देखि १० वटा ट्रक दैनिक नाकाबाट आइरहेका छन्, यसलाई विस्तारै बढाउने भन्ने सहमति भएको छ’ पोखरेलले भने, ‘तातोपानी नाका खोल्ने विषयमा पनि उहाँहरु सकरात्मक हुनुहुन्छ तर कोभिड र चीनतिर सडकमा पनि समस्या भएकाले केही समय लाग्ने भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?