Comments Add Comment

धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान, असई घाइते

Photo Credit : निमा पाेङ्सुवाकाे फेसबुकबाट

१३ जेठ, विराटनगर । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएका छन् ।’

अस्थायी प्रहरी चौकी, धरान-१५ मा छ । ७-८ जनाको समूहको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खुकुरी प्रहार भएको थियो ।

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए । घटनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment