+
+
Shares

संसद विघटनविरुद्धका रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते ६:००

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरु संवैधानिक इजलासमा सुनुवाइ गर्ने प्रक्रिया सुरु हुँदै छ । रिटमाथिको सुनुवाइका लागि शुक्रबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास गठन हुँदैछ ।

सर्वाेच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार संवैधानिक इजलासमा बस्ने न्यायाधीशको छनोट गरेपछि शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी गरिएको छ ।

सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो ।

संवैधानिक इजलासमा रहने न्यायाधीशको छनोट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नेछन् । संवैधानिक इजलासमा को–को रहन्छन् भन्ने चासो छ ।

यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?