+
+

इजरायल–प्यालेस्टाइन युद्धको अपराध छानविन गर्ने प्रस्तावमा नेपाल तटस्थ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १२:१५

१४ जेठ, काठमाडौं । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भएको सम्भावित अपराधको छानविन गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा नेपाल तटस्थ बसेको छ ।

गाजा क्षेत्रमा भएको द्वन्द्वका क्रममा युद्ध अपराध भएको हुनसक्ने राष्ट्रसंघको अनुसन्धानपछि छानविनमा जाने कि नजाने भन्ने सम्बन्धमा मतदान भएको थियो ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदले छानविन गर्ने प्रस्ताव मतदानबाट पारित गरेको छ । पक्षमा २४ भोट र विपक्षमा ९ भोट परेको थियो । नेपालसहित १४ मुलुक अनुपस्थित भए ।

दुई पक्षबीच भएको ११ दिने युद्धमा प्यालेष्टाइन तर्फ २४८ जनाको मृत्यु भएको थियो भने इजरायलतर्फ १२ जना मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?