+
+
Shares

संसद विघटनको मुद्दामा बहस गर्न अधिवक्तालाई १० मिनेट समय

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ जेठ १४ गते १२:२५

१४ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न टाइमकार्ड लागू गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ सुरु भएको छ । अहिले रिट निवेदक सन्तोष भण्डारीले बहस गर्दैछन् ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?