+
+

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १२:३४

१४ जेठ, काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । बिहीबार उक्त सुन ९३ हजार सात सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पछिल्लो तीन दिनदेखि चाँदीको मूल्‍य भने स्थिर छ । चाँदीको बजार खरिद बिक्री मूल्य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?