+
+

विवेकशील साझा पार्टीका नेता थापा भेन्टिलेटरमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १३:५८

१४ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।

थापाका साथी एवं ग्राण्डीका डा. विष्णु दवाडी भन्छन्, ‘उहाँको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भयो, यो मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको हो । यो जटिल अवस्थामा गरिन्छ ।’

‘इक्मोको उपचारका लागि २५-३० लाख लाग्ने डाक्टरले बताउनु भएको छ’ पाण्डेले अनलाइनखबरसँग भने, ‘परिवारले आर्थिक तनाव लिनु नपरोस् भने साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका हौं ।’

थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए ।

पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?