Comments Add Comment

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी

१४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी छिन् ।

शुक्रबार राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि गरेको दुर्व्यवहारप्रति खेद व्‍यक्त गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘ आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’

कोरोना महामारीको बेला भावनात्मक उत्तेजना भए पनि विषम परिस्थितिमा संयम र धैर्य अपनाउन उनले आग्रह गरेकी छिन् । ‘दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’ उनले ट्वीटमा भनेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment