Comments Add Comment

महिला भलिबलको बन्द प्रशिक्षणमा ३० खेलाडी छानिए, प्रशिक्षकमा जगदिश भट्ट

१४ जेठ काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले अगष्ट-सेप्टेम्बरमा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ ।

संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष निरोज मास्केसहित राष्ट्रिय खेलकुद परिषद अन्तर्गत भलिबलको मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक जगदिश भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो । जसमा पाँच वैकल्पिक खेलाडीसमेत राखिएको छ । यस पटक युवा र नयाँ खेलाडीहरुलाई समेत समेटिएको छ ।

आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन् ।नेपाल भलिबल संघका कार्यवाहक अध्यक्षक यामबहादुर गुरुङले यही जेठ २१ गतेदेखि सबैखाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रशिक्षण सुरु गर्ने जानकारी दिए ।

‘कोरोना महामारीलाई ध्यानमा राख्दै राखेपसंग समन्वय गरेर खेलाडीहरुको पिसिआर टेष्ट गर्ने भ्याक्सिन लगाउने अनि सामाजिक दूरी कायम राखेर प्रशिक्षण गर्ने निर्णय भएको छ’ गुरुङले भने ।

प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी, न्यु डायमण्ड, पुलिस र एपीएफबाट समान ७-७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।

न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् ।

संघले वैकल्पिक खेलाडीमा भरतपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगति नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसबाट पुष्पा चौधरीलाई राखेको छ ।

यस्तै संघले प्रशिक्षकमा जगदिश भट्ट र म्यानेजरमा निरोज मास्केलाई चयन गरेको छ । एसियन महिला भलिबल च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ (भदौ १३ देखि २० गते) सम्म फिलिपिन्समा हुनेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

नेपाल आर्मीबाट : सोफिया पुन, सुनीता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो ।

न्यु डायमण्डबाट : प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर , झरना श्रेष्ठ, वाल्मीका आचार्य ।

नेपाल पुलिसबाट : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द ।

एपीएफबाट : सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी ।

भरतपुरबाट : सरस्वती कट्टेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment