Comments Add Comment

प्रभु सेलेक्ट फण्डको बाँडफाँट, कसरी हेर्ने नतिजा ?

१४ जेठ, काठमाडौं । शुक्रबार प्रभु सेलेक्ट फण्डको बाँडाफाँट सम्पन्न भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँट गरिएको छ ।

न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाईहरु बाँडफाँट गरिएको छ भने १० लाखइकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँट गरिएको छ ।

जेष्ठ ५ गते देखि ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा सम्मआवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाखइकाई अर्थात रु। १ अर्ब २५ करोडको भएको छ ।

सो मध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु। १७ करोड ५० लाख बराबरको १ करोड ७५लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु। १ करोड २५ लाखवापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।

नतिजा प्रभु क्यापिटलको वेवसाइट iporesult.prabhucapital.com तथा सिडिएससिको वेवसाइट iporesult.cdsc.com.np बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment