+
+
Shares

मिर्गाैला पीडित पत्रकार क्षेत्रीद्वारा सहयोगको अपील

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १८:२५

१४ जेठ, काठमाडौं । मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने रकमको अभावमा छटपटाइरहेका अछामका पत्रकार ध्रुव बिसी क्षेत्रीले सहयोगको अपील गरेका छन् । वैकल्पिक उपचार विधि अपनाउँदा एक वर्ष बितिसकेको र यसबीचमा १८ लाख रुपैयाँ सकिएपछि आफू निकै समस्यामा परेको क्षेत्रीले बताएका छन् ।

आर्थिक रुपमा आफू समस्यामा परेको र अब मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै उनले सहयोगीहरुबाट रकम सहायताको अपेक्षा गरेका छन् । उनले भनेका छन्, ‘जीवनको यो अन्तिम घडीमा एक पटक यहाँहरुबाट सहयोगको आश गरेको छु मलाई बचाउनु होस् ।’ उनलाई निम्न खातामा रकम पठाएर सहयोग गर्न सकिनेछ ।

उनले सार्वजनिक गरेको विवरण अनुसार ‘इसेवा आइडी ९८५११३०९६५’ वा नेपाल एसबीआई बैंकको भक्तपुर शाखामा रहेको ध्रुव बिसी नामको २०७१५२४१४०५६५४ वा कृषि विकास बैंकको मंगलसेन अछाममा रहेको ध्रुव बिसी नामको बैंक खाता ०८२२६०११०९८४४०२६ मा रहेको खातामा रकम पठाएर सहयोग गर्न सकिने भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?