+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सुदूरपश्चिमका नवनियुक्त मन्त्री भन्छन् : महामारी नियन्त्रण पहिलो प्राथमिकता

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते २०:१३

१४ जेठ, धनगढी । सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोना महामारी नियन्त्रण पहिलो प्राथमिकता हुने बताएका छन् ।

शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई मुख्य प्राथमिकता दिएर काम गर्ने बताए ।

‘अहिले सबैभन्दा अप्ठ्यारो परस्थितिमा हाम्रो प्रदेश छ,’ खड्काले भने, ‘सामाजिक विकास मन्त्रालयले यहाँका सबै पक्षसँग मिलेर कोरोना भाइरस महामारी नियन्त्रणका लागि काम गर्छ ।’

उनले कोरोना भाइरस विरुद्धको लडाइमा एकजुट हुन पनि आह्वान गरेका छन् । २०७४ सालमा भएको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ को ख बाट नेकपा एमालेबाट खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनलाई शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि शुक्रबार दिउँसो एमालेबाट सामाजिक विकास मन्त्री बनेका कृष्णराज सुवेदीले पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?