Comments Add Comment

मातातीर्थमा अक्सिजन प्लान्ट जडान सुरु

१५ जेठ, काठमाडौं । नगरस्तरीय आइसोलेशन संचालन गर्दै आइरहेको मातातिर्थ सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट जडान सुरु गरेको छ । करिब ७४ लाख रुपैयाँ लागतमा प्लान्ट जडान गर्न लागिएको हो ।

जडान गर्न कम्पनी सँग सम्झौता भइसकेको र अबको एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयोजक सन्तोस खड्काले बताए ।

यो अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढि ठूलो सिलिन्डर भर्न सकिने छ यतिबेला प्लानको फाउन्डेसनको काम भटाभट भइरहेको नगर भैतिकपुर्बधार समिति संयोजक तथा वडा नं १५ का अध्यक्ष उत्तम राउतले जानकारि दिए ।

अध्यक्ष खड्का अनुसार वडाको आन्तरिक स्रोत र दाताहरुको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो । हालसम्म दाताहरुबाट नगद १५ लाख ७७ हजार ४४३ संकलन भइसकेको छ भने सहयोग आउने क्रम अझै जारि रहेको र नगरबाट पनि सहयोग प्राप्त हुनेछ ।

हाल नगर भित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेको र प्लान्ट स्थापनासँगै नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment