Comments Add Comment

नारायणहिटीदेखि त्रिपुरेश्वरसम्मलाई समेटेर ‘सेन्ट्रल पार्क’ निर्माण गरिने

१५ जेठ, काठमाडौँ । सरकारले नारायणहिटी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई सेन्ट्रल पार्कको रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमा यसको लागि पनि बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

बजेट वक्तव्यमा यो क्षेत्रलाई एकीकृत रूपमा विकास गर्नका लागि ल्याइएको योजनाअनुरुप नै अत्याधुनिक सेन्ट्रल पार्क निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको उल्लेख छ ।

यस अघि नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यो क्षेत्रमा अत्याधुनिक पार्क निर्माण गर्नेबारेमा गुरुयोजना समेत तयार पारिसकेको छ ।

बजेट भाषणको क्रममा अर्थमन्त्री पौडेलले भने ‘नारायणहिटी संग्रहालयदेखि दशरथ रंगशालासम्मको क्षेत्रलाई अत्याधुनिक सेन्ट्रल पार्कको रूपमा विकास गरिनेछ । यसअन्तर्गत भूमिगत पार्किङसहितको खुलामञ्च, रमणीय बगै‌चा र प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टुँडिखेल, सुन्धारा, भद्रकाली र दशरथ रंगशालालाई समेत समेट्ने गरी आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment