+
+
Shares

ओली समूहका सांसद बोहरालाई दल नेता शाहले साेधे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १०:५२

१६ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग स्पष्टीकरण मागेका हुन् ।

बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।

दलका नेता शाहले बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । तथ्यसंगत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?