+
+
Shares

कोठाभित्रै मृत भेटिए फ्रान्सेली नागरिक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १५:२०

१७ जेठ, काठमाडौं । बौद्धमा एकजना फान्सेली नागरिक कोठाभित्र मृत अवस्थामा भेटिएका छन् ।

राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक ६७ वर्षीय मार्क गेरार्ड बाजुसलाई मृत अवस्थामा फेला पारिएको प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले बताए ।

उनका अनुसार बाजुसको शवमा बाहिरी चोटपटक देखिएको छैन । र, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे खुल्नेछ ।

कार्कीका अनुसार बाजुस झण्डै एक दशक अघिबाट बौद्धको नयाँ बजार क्षेत्रमा बस्दै आएका थिए । ‘आफ्नो देशमा आफन्त कोही छैन, मलाई यहीँ रमाइलो लाग्छ भन्दा रहेछन्’ उनले स्थानीयको भनाइ उदृत गर्दै भने, ‘काम पनि खासै केही गरेको देखिँदैन ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?