Comments Add Comment

अधिकांश हाइड्रोपावरको सेयर मूल्यमा गिरावट

१७ जेठ, काठमाडौं । आइतबारसम्म निकै राम्रो बढेको होइड्रोपावर कम्पनीहरुको सेयर मूल्य सोमबार भने घटेको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५ अंक भन्दा धेरै घटेको छ । समग्रमा बजार हाइड्रोपावर समूहको सबइन्डेक्स ४ दशमलव ३१ प्रतिशत अर्थात १२९ दशमलव ९३ अंकले घटेको छ ।

यो नै आज सबैभन्दा धेरै घट्ने समूह हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनका लागि दिएको निर्देशन पछि हाइड्रोपावरको सेयर मूल्यमा आकर्षण देखिएको थियो ।

आइतबारसम्म पनि निकै राम्रो बढिरहेको यो समूहको सेयर मूल्य सोमबार भने धेरै घटेको छ ।

सोमबार धेरै गुमाउने कम्पनीहरुको शिर्ष १० मा सबै जलविद्युत् कम्पनीहरु नै देखिएका छन् । यद्यपि, राधी जलविद्युत् कम्पनी भने अपवाद देखिएको छ । यसको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सोमबार नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घटेर २ हजार ७ सय ८२ दशमलव ६८ अंकमा झरेको छ ।

सेयर कारोबार रकम पनि आयतबारको तुलनामा कम देखिएको छ । आज १३ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार १७ अर्ब माथि कारोबार भएर कारोबार रकमा नयाँ रेकर्ड कायम भएको थियो ।

हेर्नुस् धेरै गुमाउने १० कम्पनीहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment