Comments Add Comment

निषेधाज्ञामा फिल्मको स्क्रिप्ट र गीत लेख्दै शंकर बिसी

कोरोना भाइरसको दोश्रो लहरका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको छ । चलचित्रका छायांकन स्टुडियो बन्द छन् । स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारहरु घरमै छन् । केहीले भने यो समयलाई पनि सदुपयोग गरिरहेका छन् । मोडल शंकर बिसी निषेधाज्ञाको समयमा गीत लेखिरहेका छन् ।

धेरैलाई जानकारी नहुन सक्छ, शंकर गीत लेख्ने र गाउने पनि गर्छन् । । उनले लेखेका एवं गाएका केही गीतहरु चर्चामा पनि छन् ।

जसमध्ये चलचित्र ‘वर्षात’को ‘जिन्दगीको लामो यात्रा’ गीत चर्चित छ । शंकरको शब्द, रमेशराज भट्टराईको संगीत रहेको गीतमा शंकर र रेखा थापाको स्वर छ । त्यस्तै ‘तिमिबिना मर्छु म तिम्रो कसम’ अर्को चर्चित गीत हो । जुन गीतमा शंकरले स्वर दिएका छन् ।

‘पहिल्यैदेखि लेख्ने एवं गाउने पनि गर्थेँ । तर मोडलिङतिर लागेपछि लेखन तथा गायनलाई समय दिन पाएको थिइनँ ।’ शंकरले भने, ‘अहिले खाली समयलाई लेखनमा पनि सदुपयोग गरिरहेको छु ।’

उनले निषेधाज्ञाको समयमा दुईवटा गीत लेखिसकेका छन् । एउटा गीतमा रमेशराज भट्टराइले संगीत गरिरहेका छन् । यस्तै, अर्को गीत रमेशराजलाई उनले सुनाईसकेका छन् ।

शंकर भने, ‘एउटा गीत त म आफै पनि गाउँछु । अर्को रमेशराजले गाउछु भन्नु भएको छ । हेरौं के हुन्छ, पहिले अवस्था सहज हुनुपर्यो ।’

चलचित्रको ‘स्क्रिप्ट’मा पनि समय दिदै
शंकरले चलचित्र निर्देशनको सोच बनाएको लामै समय भैसकेको छ । सोहीअनुसार उनी आफैले चलचित्रको कथा पनि लेखिसकेका थिए । अहिले चलचित्रको कथामा पनि समय दिदै आएको उनी बताउँछन् । ‘समयअनुसार कथामा परिवर्तन ल्याउनुपर्यो भनेर अहिले त्यसमा पनि ध्यान दिईरहेको छु’– उनले सुनाए ।

उनले बनाउने भनेको चलचित्र कमेडी शैलीको हो । चलचित्रमा कलाकार केदार घिमिरे र दयाहाङ राईलाई अभिनय गराउने उनको सोच छ । दुबै कलाकारलाई कुरा राखिसकेका पनि छन् । ‘केदारले कथामा बसौं न भन्नुभएको थियो । दयाहाङलाई चलचित्र ‘सेन्टी भाइरस’को गीत सुटिङको समयमा कुरा राखेको थिएँ । उहाँले पनि कथा फाइनल गर्नुहोस् भन्नुभएको छ ।’ शंकरले भने । माहोल सामान्य भएपछि केदार र दयालाई कथा सुनाउने योजना शंकरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment