+
+
Shares

होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १८:१०

१८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झरेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १ लाख ८ हजार ६२६ जनासम्म पुगेकोमा मंगलबार ९७ हजार ७०४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा बस्नेको संख्या जेठ १३ गते हालसम्मकै बढी १ लाख ८ हजार ६२६ थियो ।

यस्तै जेठ १२ गते १ लाख ८ हजार ६२०, जेठ ११ गते १ लाख ८ हजार ४२८, जेठ १० गते १ लाख ८ हजार ७१, जेठ ९ गते १ लाख ८ हजार १९८ र जेठ ८  गते १ लाख ८ हजार १०३ जना होम आइसोलेसनमा थिए । जेठ १३ पछि होम आइसोलेसनमा बस्नेको संख्या घट्दै गएको देखिन्छ । त्यस दिन १ लाख ५ हजार ४४४ जना होम आइसोलेसनमा थिए भने जेठ १७ गते ९९ हजार १३२ जना थिए ।

पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको र संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढी भएकाले होम आइसोलेसनमा बस्नेको संख्या घटेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?