+

युरोकपको लागि इंग्ल्याण्डको अन्तिम टोली घोषणा

२०७८ जेठ  १९ गते ६:४७ २०७८ जेठ १९ गते ६:४७
युरोकपको लागि इंग्ल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा हुने युरोकप २०२० का लागि इंग्ल्यान्डको अन्तिम टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा छनोट भएका ३३ जनाबाट २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदैछ । त्यसका लागि जुन १ सम्म २६ सदस्यीय अन्तिम टोलीको नाम घोषणा गरिसक्नुपर्ने नियम अनुसार इंग्ल्याण्डले टिम घोषणा गरेको हो ।

कोरोना महामारीका कारण यसपटक युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले एक टोलीमा २६ खेलाडी राख्न पाउने प्रावधान बनाएको हो ।

प्रारम्भिक चरणमा छनोट भएका म्यानचेष्टर युनाइटेडमा मासोन ग्रिनउडले अन्तिम टिम छान्नुअघि नै आफ्नो नाम फिर्ता लिइसकेका थिए ।

त्यसपछि प्रारम्भिक चरणमा रहेकामध्ये गोलकिपर आरोन राम्सडाले, डिफेण्डरद्वय बेन गोडफ्रे र बेन ह्वाइट, मिडफिल्डरद्वय जेस लिनगार्ड र जेम्स वार्ड प्रोवस तथा फरवार्ड ओली वाट्किन्स अन्तिम टिममा पर्न सकेनन् ।

गत सिजन राम्रो खेल्न नसकेका लिभरपुलका डिफेण्डर ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड भने अन्तिम टिममा अटाएका छन् ।

युरोकपमा इंग्ल्याण्ड समूह बी मा छ । यस समूहमा क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक पनि छन् ।

इंग्ल्याण्डले जुन १३ मा क्रोएसियासँग वेम्बली मैदानमा पहिलो खेल खेल्नेछ।

२६ सदस्यीय इंग्लिस टोली

गोलकिपर : जोर्डन पिकफोर्ड, डिन हेन्डरसन, साम जोनस्टन

डिफेण्डर : केल वाल्कर, जोन स्टोन्स, ह्यारी मगुएरे, किएरन ट्रिपिएर, बेन चिलवाल, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, लुक शा, ट्राओन मिङ्ग्स, रिस जेम्स, कोनोर कोएडी
मिडफिल्डर : जोर्डन हेन्डरसन, मासोन माउन्ट, डेक्लान राइस, काल्भिन फिलिप्स, जुड बेलिङगहम

फरवार्ड : रहिम स्टरलिङ, ह्यारी केन, बुकायो साका, फिल फोडेन, ज्याक ग्रेगलिस, मार्कुस रासफोर्ड, जाडोन सान्चो, डोमिनिक काल्भार्ट लेविन

 

इंग्ल्याण्ड युरोकप २०२०

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय