Comments Add Comment

चिकित्सक तथा नर्सलाई क्रिटिकल केयर सम्बन्धी तालिम

१९, जेठ, चितवन । चितवन मेडिकल कलेज भरतपुरले देशका विभिन्‍न अस्पतालका स्वास्थ्यकर्मीलाई लक्षित गरी क्रिटिकल केयर सम्वन्धी जानकारीमूलक तालिम सञ्चालन गरेको छ ।

आइसीयू तथा भेन्टिलेटरमा रहेका बिरामीहरुको उपचारमा गर्नुपर्ने केयर तथा आइसियू सेटअप सम्बन्धी तालिम दिएको कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

भर्चुअल माध्यमबाट गत जेठ ७ गतेबाट सुरु भएको तालिममा चितवनसहित मुख्य गरी पश्चिम नेपालमा अधिक कोभिडका बिरामी भएका अस्पतालका आईसीयूमा कार्यरत स्वास्थ्यकर्मी सहभागी भएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले बताए ।

तालिममा आईसीयूमा काम गरिरहेका नर्स, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सक, एनेस्थेसियोलोजिष्ट, इन्टरनल मेडिसिन कन्सल्टेन्टहरू सहभागी बनेका थिए ।

कलेजका पल्मोनरी मेडिसिन र क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका विषेशज्ञ चिकित्सकहरुले तालिम दिएका थिए । चितवन मेडिकल कलेजमा क्रिटिकल केयर सम्बन्धी अध्ययन गरेका एनेस्थेसियाका १२ जना, डिएम ८ जना र फेलोसिप गरेका ६ जना चिकित्सक छन् ।

तालिममा दुई हजार ६ सय जना स्वास्थ्यकर्मीको सहभागीता रहेको कलेजले जनाएको छ । कलेजले क्रिटिकल केयरको निःशुल्क तालिम आयोजना गर्ने जनाएपछि तीन हजार बढीले आवदेन दिएका थिए ।

हरेक दिन साँझ ८ बजेदेखि ९ बजेसम्म हुने तालिममा १५ वटा भिन्दाभिन्दै कक्षाहरुमा आवश्यकता अनुसार भिडियो तयार गरी सहभागीलाई देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment