+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १५:०५

१९ जेठ, काठमाडौं । चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ । बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर काठमाडौंका विभिन्न स्थानमा मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० घर भई काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय शोभित श्रेष्ठ, धादिङको गजुरी नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ–१० बस्ने २१ वर्षीय करुण उप्रेती, बुढानीलकण्ठ–१२ बस्ने १९ वर्षीय एलिन अधिकारी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगा बस्ने ३५ वर्षीय राम परियार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट चोरीमा प्रयोगमा भएको स्कुटर र विभिन्न कम्पनीका ११ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?