Comments Add Comment

गण्डकी प्रदेशमा कोभिड-१९ प्रतिकार्य समूह परिचालन

१९ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा समुदाय स्तरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि विशेषज्ञसहितको कोभिड-१९ प्रतिकार्य समूह परिचालन भएको छ ।

समुदायस्तरमा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि विशेषज्ञसहित स्वास्थ्यकर्मी तथा प्रयेगशालाकर्मी परिचालन गरिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माले बताए ।

डा शर्माका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नका लागि तीन वटा समूह परिचालन भएको हो ।

गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोदबहादुर कुँवरले समूहका सबै सदस्यहरुलाई सुरक्षित रुपमा कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।

डा शर्माले कार्यस्थलमा गर्नुपर्ने क्रियाकलाप, भूमिका तथा जिम्मेवारीको बारेमा समूहमा सहभागीलाई जानकारी गराएका थिए ।

स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीको संयोजकत्वमा डा दिवाकर पराजुली, सोम शेरचन, उर्मिला बराल र नारायण त्रिपाठीको समूह पर्बत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला हेर्नेगरी खटिएको शर्माले बताए ।

स्वास्थ्य निर्देशनालयका कम्युनिटी मेडिसिन डा ज्योति रानाभाटको संयोजकत्वमा नवीन कोइराला, संजय गुरुङ र मोहदत्त ढकालको समूहले कास्की, स्याङ्जा र तनहुँ जिल्ला र जीपी कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रका डा परिवर्तन बरालको संयोजकत्वमा रक्षीता लामिछाने, विकाश रानाभाट र नानीबाबु दानीको समूहले लमजुङ, गोरखा, मनाङ र नवलपरासी (पूर्व) हेर्ने गरी परिचालित भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले डा शर्माको अध्यक्षतामा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि टोली गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment