+
+

गिट्टी-बालुवा उत्खनन् गरी निकासी गर्ने नीति तुरुन्त खारेज गर : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १७:१७

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति समावेश भएकोप्रति विरोध जनाएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै कामचलाउ भइसकेको सरकारले बजेटमार्फत नेपालको गिट्टी, बालुवा र ढुंगा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सत्ता बचाउन खोजेको आरोप लगाएका छन् । उनले यस्तो कार्य गरे तराईमा मरुभूमिकरण हुने बताएका छन् ।

उनले गिटी, बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्य राष्ट्र र जनता विरोधी हुने भन्दै तुरुन्त खारेज गर्न मागसमेत गरेका छन् । ‘असंवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ ट्वीटरमा उनले लेखेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?