Comments Add Comment

कुकुरको खाना चाख्नेदेखि सर्पको विष निकाल्नेसम्म, विश्वका अनौंठा जागिरहरू

गास, बास र कपासको जोहो गर्नका लागि मानिसले अनेक खालका जागिर तथा व्यवसाय गर्ने गर्दछन् । रोजगारीको खोजीमा आफ्नो घर, गाउँ तथा देश नै छाड्नुपर्छ मान्छेले। हरेक मानिसले आफ्नो योग्यता अनुसारको काम खोज्दछ, भलै सबैलाई खोजे अनुसारको जागिर तथा काम नमिल्न सक्दछ ।

संसारमा अनेक खालका जागिर तथा काम उपलब्ध छन् । कतिपय जागिर यस्ता छन् कि सुन्दैमा अनौठो लाग्दछ । ती मध्ये केही रोचक जागिरहरु यस्ता छन्ः

१. रेललाई धकेल्ने जागिर: जापानमा एउटा जागिर यस्तो छ जसमा कर्मचारीहरुले रेललाई धक्का दिनुपर्दछ । वास्तवमा जापानमा रेलहरु यात्रुले खचाखच भरिएका हुन्छन् । त्यसैले कहिलेकाहीँ त रेलको ढोका आफै बन्द हुनै गाह्रो हुन्छ । त्यसैले रेललाई धक्का दिने जागिर खाएका कर्मचारीहरुले ढोकामा कोचिएका यात्रुहरुलाई भित्र धकेलेर ढोका लगाउनमा सहयोग गर्दछन् ।

२. सर्पको विष निकाल्ने जागिर: विषालु सर्पको विष निकाल्नु र त्यस्तो विष जम्मा गर्ने काम कुनै सजिलो काम होइन । तर यस्तो जागिरका लागि पनि मानिसहरु मरिहत्ते गर्दछन् । यो कामका लागि जागिर खानेहरुले सर्पको विष निकालेर एक जारमा जम्मा गर्नुपर्ने हुन्छ । सर्पको विषलाई विभिन्न खालका औषधिहरु निर्माणमा प्रयोग गरिन्छ ।

३. कुकुरको खाना चाख्ने जागिर: तपाइँलाई यो जागिरका बारेमा सुन्दा अनौठो लाग्नु स्वभाविकै हो । कुकुरको लागि तयार खानेकुरा चाख्ने भन्ने कुरा नै अलिक असजिलो लाग्ने । तर कुकुरका लागि खानेकुरा बनाउने विभिन्न कम्पनीहरुले आफ्ना प्रडक्टहरु चाख्नका लागि डग फूड टेस्टरको पदमै मानिसहरु भर्ना गर्दछन् ।

४. सुत्ने जागिर: कतिपय देशहरुमा केवल सुत्ने जागिरका लागि मात्र कर्मचारीहरु भर्ना गरिन्छ । त्यसरी जागिर खाने मानिसहरुको काम नै मात्र सुत्नु हो । त्यसबापत उनीहरुलाई राम्रो रकम प्राप्त हुन्छ । विभिन्न होटलहरु, बेड बनाउने कम्पनी तथा अनुसन्धानकर्ताहरुले सुत्ने जागिरमा मान्छे भर्ना गर्ने गरेका छन् ।

५. रुने जागिर: संसारका कतिपय देशमा रुने कामका लागि समेत मानिसहरुलाई काममा खटाइन्छ । छिमेकी मुलुक भारतका कतिपय समुदाय तथा अफ्रिकाका कतिपय देशका विभिन्न समुदायमा परिवारका सदस्यहरुको मृत्यु हुँदा डाँको छाडेर रुनका लागि समेत रुने मानिसलार्य ज्यालादारीमा खटाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment