Comments Add Comment

आगलागीपछि डुब्यो इरानी जलसेनाको पानीजहाज

२० जेठ, काठमाडौं । इरानको जलसेनाको जहाज ओमानको खाडीमा डुबेको छ । इरानी सञ्चारमाध्यमहरुका अनुसार खर्ग नामक यो जहाजका चालक दललाई सुरक्षित उद्धार गरिएको छ । जहाजमा कसरी आगो लाग्यो भन्ने विषयमा कुनै पनि जानकारी दिइएको छैन ।

इरानको जलसेनाले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले जहाजमा लागेको आगो नियन्त्रणका लागि निरन्तर २० घण्टा प्रयास गरेका थिए । तर, जहाजलाई डुब्नबाट भने बचाउन सकेनन् । समाचारमा उल्लेख गरिएअनुसार उक्त जहाज ‘ट्रेनिङ मिसन’का लागि छुटेको थियो ।

यो समुद्री क्षेत्र निकै संवेदनशील रहँदै आएको छ । यो क्षेत्र पछिल्लो केही वर्षयता इरान र पश्चिमी मुलुकबीच तनावको केन्द्रमा रहँदै आएको छ । हालै इरान र इजरायलले एकअर्कामाथि जहाजमा आक्रमणको आरोप लगाइरहेका छन् । ओमानको खाडीले स्ट्रेट अफ हर्मुजमा जोडिन्छ । यो तेल आपूर्तिको लागि विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री रुट हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment