Comments Add Comment

थप ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,६३०, नवलपरासी पश्‍चिममा ७७१, ललितपुरमा २९८, कास्कीमा २६६, सुनसरीमा २१० र काभ्रेपलाञ्चोकमा २०५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा १७७, मोरङमा १६६, सिन्धुपाल्चोकमा १४८, रूपन्‍देहीमा १३८, झापा, धनुषा र धादिङमा १०१/१०१ जना र लमजुङमा ११० जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँमा ८२, बारामा ७९, नुवाकोटमा ७३, पाँचथरमा ७१, दाङ र खुर्खेतमा ६५/६५ जना, स्याङजामा ६०, सिरहामा ५९, गुल्मीमा ५३, कैलालीमा ५२, सिन्धुली र अछाममा ४६/४६ जना, रामेछापमा ४२, महोत्तरीमा ४१ र सप्तरीमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गोरखामा ३७ जना, नवलपरासी पश्‍चिममा ३२,डोटीमा २८, जाजरकोटमा २६, दोलखामा २४, रूकुम पश्‍चिममा २२, बाँके र कञ्चनपुरमा १८/१८ जना, खोटाङ र बैतडीमा १७/१७ जना, म्‍याग्दी र कपिलवस्तुमा १६/१६ जना, दैलेखमा १५, मकवानपुर, पर्वत र सल्‍यानमा १३/१३ जना, पर्सामा ११ तथा इलाम र बर्दियामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।

पाल्पामा ९, उदयपुर र अर्घाखाँचीमा ८/८ जना, ओखलढुंगा र संखुवासभामा ७/७ जना, डडैलधुरामा ६, रोल्पा र जुम्लामा ५/५ जना, तेह्रथुम, धनकुटा र सर्लाहीमा ४/४ जना, प्‍युठानमा ३, सोलुखुम्बुमा २ तथा ताप्लेजुङ, भोजपुर, बागलुङ, कालिकोट, डोल्पा, हुम्ला, दार्चुला र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै १० वर्ष मुनिका १८० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment