+

अर्जेन्टिना र चिलीले खेले बराबरी

२०७८ जेठ  २१ गते ९:१६ २०७८ जेठ २१ गते ९:१६
अर्जेन्टिना र चिलीले खेले बराबरी

२१ जेठ, काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटका अर्जेन्टिना र चिलीले १-१ ले बराबरी खेलेका छन् ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पहिले अग्रता लिए पनि चिलीले बराबरी गोल फर्काएको हो ।

अर्जेन्टिनाको लागि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्गता दिलाएका थिए । तर ३६औं मिनेटमा चिलीका एलेक्सिस सान्चेजले बराबरी गोल पर्काए ।

बराबरीपछि दुवैले एक-एक अंक लिएका छन् ।

दक्षिण अमेरिकी छनोटमा कूल १० राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । अर्जेन्टिना ५ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा छ । एक खेल कम खेलेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ । यस्तै ५ खेलबाट ५ अंकसहित चिली छैटौं स्थानमा छ ।

यस्तै अर्को खेलमा उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि ५ खेलबाट दुवैको ७-७ अंक छ । गोलअन्तरमा पाराग्वे चौथो र उरुग्वे पाँचौ स्थानमा छ ।

यस्तै कोलिभियाले भेनेजुएलालाई ३-१ ले पराजित गर्दै छनोटमा पहिलो जित हात पारेको छ । बोलिभिया ५ खेलबाट ४ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।

अर्जेन्टिना चिली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय