+

अलेक्जेन्डर आर्नोल्डले चोटका कारण युरोकप गुमाउने

२०७८ जेठ  २१ गते ९:३० २०७८ जेठ २१ गते ९:३०
अलेक्जेन्डर आर्नोल्डले चोटका कारण युरोकप गुमाउने

२१ जेठ, काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले यही जुन ११ बाट सुरु हुने युरोकप फुटबल गुमाउने भएका छन्।

आर्नोल्ड अन्तिम टोलीमा समावेश गरिएको बारे चर्चा भइरहँदा उनी मैत्रीपूर्ण खेलमा घाइते हुँदै युरोकपबाट बाहिरिएका हुन्।

बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्ड घाइते भएका थिए । प्रिमियर लिगमा लिभरपुलबाट खेल्ने आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन्।

प्रशिक्षक ग्यारेथ साउथगेटले उनको स्थानमा अर्को खेलाडी घोषणा गरेका छैनन् । रोमानियाविरुद्ध आइतबार हुने युरोअघिको अन्तिम अभ्यास खेलपछि उनले आर्नोल्डको स्थानमा अर्का खेलाडी राख्ने बीबीसीले उल्लेख गरेको छ ।

अलेक्जान्डर आर्नोल्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय