+
+
Shares

रणवीर र आलियासँग ‘प्रेम कहानी’ बनाउँदै करण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २१ गते ११:५३

बलिउड निर्देशक करण जोहर लभ स्टोरी कथामा चलचित्र बनाउन माहिर मानिन्छन् । उनले, निर्देशन गरेका केही लभ स्टोरी चलचित्रले बक्स अफिसमा तहल्का मच्चाएका छन् ।

उनै, करणले अब एक नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । करणले मल्टिस्टारर चलचित्र ‘तख्त’को कामलाई पछाडि सार्दै रोमान्टिक कमेडी चलचित्र बनाउने तयारी गरेका हुन् । यो चलचित्रमा नायक रणवीर सिंह र नायिका आलिया भट्टको मुख्य भूमिका रहने पक्का भैसकेको छ । चलचित्रको छायांकन मेबाट सुरु गर्ने करणको योजना भएपनि कोरोनाका कारण भारतमा लकडाउन भएपछि उनको योजना पुरा हुन सकेन ।

यसैविच, यो चलचित्रको नाम सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार चलचित्रको नाम ‘प्रेम कहानी’ राखिएको छ ।

यो चलचित्रको यतिबेला धमाधम कथा लेख्ने काम भैरहेको छ । करणले चलचित्रसँग जोडिएका सबै टिमलाई खोप लगाएपछि मात्र पहिलो चरणको छायांकन सुरु गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?