Comments Add Comment

३ हजार फिल्मीकर्मीलाई खोपको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई बोर्डले लेख्यो पत्र

चलचित्र विकास बोर्डले ३ हजार चलचित्रकर्मीलाई खोप लगाउन माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको छ । चलचित्र विकास बोर्डका सदस्य तथा बोर्डको कोभिड १९ व्यवस्थापन हेर्ने संयोजक समेत रहेका राज कटुवालले स्वास्थ्य मन्त्रालयलाई आज पत्र वुझाएका छन् ।

चलचित्र क्षेत्रमा काम गर्ने ३ हजार चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन मात्र गर्दै पत्र लेखेको जानकारी दिए । चलचित्र विकास बोर्डको पत्रमा स्वास्थ्य मन्त्रालय पनि सकारात्मक रहेको उनले बताएका छन् ।

राजले अनलाइनखबरसँग भने–‘म दैनिक मन्त्रालय पुगिरहेको छु । स्वास्थ्य मन्त्रालय खोपको बिषयमा सकारात्मक छ । आइतबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले छलफलका लागि चलचित्रकर्मीलाई बोलाउनुभएको छ ।’ राजका अनुसार, मन्त्रीसँगको छलफलमा चलचित्रकर्मीलाई खोप लगाउने र कोभिडको रोकथामका लागि चलचित्रकर्मीले खेल्न सक्ने भूमिकाको बिषयमा छलफल हुनेछ ।

चलचित्र क्षेत्र विगत डेढ बर्षदेखि निकै नै सुस्त गतीमा अगाडि बढेको छ । विशेषगरि, चलचित्र छायांकनका लागि चलचित्रकर्मीले खोप लगाएको खण्डमा काम गर्न सहज हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment