Comments Add Comment

‘फाइजरको खोप भारतीय भेरियन्टविरुद्ध कम प्रभावकारी’

२१ जेठ, काठमाडौं । अमेरिकी कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भारतमा देखिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी पाइएको छ ।

द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनको नतिजामा फाइजरको खोपले मूल कोरोना भाइरसको तुलनामा डेल्टा भेरियन्टविरुद्ध कम एन्टिबडी विकास हुने गरेको उल्लेख छ ।

उक्त अध्ययनका अनुसार डेल्टा भेरियन्टविरुद्ध फाइजरको खोपले विकास गर्ने एन्टिबडीको स्तर पाँच गुणासम्म कम हुन सक्ने उल्लेख छ ।

अध्ययनमा कोरोना भाइरस पहिचान गर्ने र त्यसविरुद्ध लड्ने एन्टिबडीको स्तर बढ्दो उमेरसँगै कम हुन थाल्छ । यो अध्ययनले फाइजरको दुई डोज खोप लिने समयावधि घटाउने योजनालाई पनि सहयोग पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अध्ययनका अनुसार फाइजरको खोपको पहिलो डोज दिएपछि डेल्टा भेरियन्टविरुद्धको एन्टिबडी बेलायतमा भेटिएको अल्फा भेरियन्टविरुद्धको एन्टिबडी धेरै देखिएको छ । यद्यपि यस विषयमा थप अध्ययन आवश्यक रहेको विशेषज्ञहरुले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment