+
+

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १२:२५

२३ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका-८ का ३९ वर्षीय पुरुषको आइतबार बिहान एक बजेतिर र ठाकुरबाबा नगरपालिका-२ का ५५ वर्षीय पुरुषको बिहान साढे ५ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, बाँकेको बैजनाथ गाउँपालिका-३ की ३३ वर्षीय महिलाको शनिबार दिउँसो साढे ११ बजे नेपालगञ्ज मेडिकल कलेज र नेपालगञ्ज उपमहानगरपालिका-१ की ४५ वर्षीय महिलाको आइतबार बिहान ६ बजे युनाइटेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँके जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३०२ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?